
२५ श्रावन २०७८, सोमवार
बर्दियामा निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।
यस अवधिमा पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखानाजस्ता बढी भीड हुने पसलहरु भने खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।
सार्वजनिक सवारीका साधनहरु स्वास्थ मापदण्डको पालना गरि बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन पाइने छ ।