म्याग्दीमा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका-५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बर्दियामा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुबन नगरपालिका-२ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति थारुले राजापुर नगरपालिका-१० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङमा, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-१ पाटिगाउँ बस्ने २७ वर्षीय सूर्य कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले गत बिहीबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर