२२ श्रावन २०७८, शुक्रवार

वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा आएका मध्ये एकजनाको फोटो सामाजिक सन्जालमा निकै भाईरल भएको छ ।
उक्त तस्बिरमा देखिएका युवक वीरबहादुर श्रेष्ठ हुन्। उनले घाटिमा मोटो सिक्रि लगाएका छन । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन्। उनले आफू सुकुम्बासी नभई युवा संघमा आवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताएका छन्।

श्रेष्ठले जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन्। संचारमाध्यमहरुलाई उनले भनेको छन के सुकुम्वासीको आवाज उठाउन हामिले उठाउन पाउदैनौ त ।

प्रतिक्रिया

सम्बन्धित खवर