
२१ श्रावन २०७८, बिहिवार
पाल्पामा विहिवार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थीका अनुसार पाल्पामा अहिले ४०२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।
सक्रमित मध्ये ३ सय ६१ जना होम आइसोलेशनमा, १९ जना एचडियूमा, २१ जना आइसोलेशन सेन्टरहरुमा उपचार गराईरहेका छन ।
पाल्पामा अहिलेसम्म १ सय २६ जना कोरोना संक्रमितहरुको निधन भइसकेको छ