२० श्रावन २०७८, बुधवार
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ बाट गोरु काटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानिय जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार गोरु काटेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । अहिले उनिहरुमाथि पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा जिल्ला अदालतबाट नौ दिने म्याद लिइ थप अनुसन्धान भइरहेको डीएसपी हमालले बताए ।









