
१९ श्रावन २०७८, मंगलवार
दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्ग स्थित दाङको गढवा गाउँपालिका १ जुरौलीमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा भारतको सिद्धार्थनगर पञ्चायत ३ निवासी २२ बर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्थनगर ८ निवासी १९ वर्षीय राजा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
प्रहरीका अनुसार जिल्लामा पेस्तोल बिक्री वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेका शुन् । कहाँ लैजान लागेको, कहाँबाट ल्याएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।