दिनेश खड्का खप्तडि/क्वालालम्पुर

१४ श्रावन २०७८, बिहिवार

https://amzn.to/4myfPN5

मलेसियामा आज कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । कपिलवस्तु घर भई मलेसियाको क्वालालम्पुरमा रहेको जेके सेक्युरिटि कम्पनीमा कार्यरत ४३वर्षका मनिकुमार चन्द वोहोराको कोरोना सक्रमणको कारण आज मृत्यु भएको हो । २३ तारिखका दिन कोरोना पोजेटिभ देखिएपछि उनी वातुकेभ सेलागरमा रहेको होस्टलमै क्वारेन्टाईनमा वसेका थिए ।

होस्टलमै उनको अवस्था विग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृत्यु भएको कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका  छन ।

हाल वोहोराको शवलाई पोष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ । वोहोरा रोजगारीको लागि दुईवर्ष अगाडि मात्रै मलेसिया आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर