२०७८ श्रावण १३, बुधबार

मुगुमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जिप मुगुको नाफामा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा हुम्लाको चंखेली घर भएका सहचालकको हर्कबहादुर ऐडीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक भरत बहादुर  शाहिका अनुसार उनको उपचारका क्रममा मुगु अस्पतालमा मृत्यु भएको हो।

जिपका चालक चंखेलीकै दलवीर रोकाया घाइते भएको र उनको उपचार भैरहेको शाहीले बताए।

जिपमा रहेका अन्य सवार चार जना यात्रु भने सकुशल रहेको शाहिले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर