२०७८ श्रावण १३, बुधबार

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीनजनाको शव फेला परेको छ।
स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको शव स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेको अवस्थामा फेला परेको हो ।
मंगलबार राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले श्याम साहले जानकारी दिए।
राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ। आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर