११ श्रावन २०७८, सोमवार

२०७२ सालको भूकम्पले भत्किएको रसुवाको सदरमुकाम धुन्चेस्थित एक मात्र सभाहलको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन ।

पुनर्निर्माण कार्यालय तथा राजनितिक खिचातानीका कारण ढिलासुस्तीले भूकम्प गएको ६ वर्ष बित्दा पनि सभाहलको पुनर्निर्माण हुन नसकेको हो ।

करिब चार दशकअघि निर्माण गरिएको यस हलबाट विभिन्न सभा, समारोह, गोष्ठी जस्ता कार्यक्रम समेत सञ्चालन हुँदै आएकोमा अहिले हल नहुँदा यस्ता कार्यक्रम खुला आकाशमुनी गर्ने गरिएको छ ।

पुनर्निर्माण कार्यालयका अनुसार निर्माण गरिएको डिपीआर अनुसार सभाहल निर्माणका लागि करिब चालिस करोड रुपैयाँ लाग्ने अनुमान गरिएपनि बार्षिक पाँचदेखि दश लाख रुपैंया आउने मात्र बजेट बिनियोजन भई आउने गरेको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर