
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
१० श्रावन २०७८, आइतवार
मलेसियामा मृत्यु भएका दुई नेपालीको शव नेपाल ल्याईएको छ । शनिवार मलेसियावाट आएका २४ वटा शव र ३ अस्तु मध्ये ओखलढुगाका दुई जना रहेका छन ।
मुलखर्क ५ का समर वहादुर तामाङ र पटकारी श्रीचौरका डालामान तामाङको दुवैको जिल्ला ओखलढुगा रहेको छ ।
मुटुमा समस्या भएपछि जुन २४ तारिखका दिन समरको मृत्यु भएको थियो । उनी मृत्यु भएको एक महिना पछाडि मात्रै शव नेपाल आएको हो ।
यस्तै डालामान तामाङले भने जुलाई १ तारिखका दिन मलेसियामै झुण्डिएर आत्महत्या गरेका थिए ।
दुवैजनाको आआफनो धर्मसस्कृति अनुसार दाहसंस्कार गरिएको परिवारले जानकारी गराएको छ ।