७ श्रावन २०७८, बिहिवार

प्रहरीले जाजरकोटमा चोरीका तीन थान मोटरसाइकल बरामद गरेको छ ।

भन्सार छलि गरेर ल्याएका चोरीका मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट फेला पारेका भन्सार चोरी छलीका प्रदेश नं. ३–०२०२४ प ४५२७ नम्बर उल्लेख भएको ३५० सि.सि को बुलेट मोटरसाइकल, २२० सि.सि.को भे ५ प ५४३८ नम्बर उल्लेख भएको निलो रङ्को पल्सर मोटरसाइकल र भे ७ प ५०५५ नम्बरको रातो कालो रङको पल्सर २२० मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

बरामद गरिएका मोटरसाइकल आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय नेपालगञ्ज पठाएको डीएसपी थापाले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर