६ श्रावन २०७८, बुधवार
मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ ।
गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिनुभयो ।
झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ ।
नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।
गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ ।
(तस्बिर सौजन्य : होमनाथ पन्थी)









