५ श्रावन २०७८, मंगलवार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन् ।

दुई नेताविच मंगलवार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा कुराकानी भएको स्रोतको भनाई छ ।

नेता नेपाल लगायत प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित विश्वासको मत दिने २२ सांसदलाई सोमवार २४ घण्टे स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको सम्बन्धमा एमालेले आज निर्णय गर्दैछ । यता, सरकार सञ्चालनको सम्बन्धमा पनि नेता नेपाल पक्ष समेतलाई समेटेर सरकार विस्तार गर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेका छन् ।

राजनीतिको केन्द्रमा रहेका नेता नेपालले गठबन्धनका नेताहरुसँगको भेटलाई तिव्रता दिइरहेका छन् । प्रचण्ड फर्किएलगत्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर