
१ श्रावन २०७८, शुक्रवार
अर्कै ब्यक्तिको पासपोर्ट वोकेर नेपाल आउने फ्रान्सेली नागरीकलाई नेपाल प्रकरीले पक्राउ गरेको छ ।
भारतीय वाटो हुदै उनी नेपाल आएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठमेलको होटलमा पर्यटक वनेर तीन दिन सम्म वसिरहदा पनि कुनै परिचय नदिएपछि प्रहरीलाई खवरगर्दा उनी पक्राउ परेका पर्यटक प्रहरी प्रमुख डिएसपि टर्कराज पाण्डेल वताए ।
ती ब्यक्तिसंग भएको पासपोर्ट माकालौ मामाडौको हो र उनी अपराधिक घटनामा पक्राउ पछि अहिले फ्रान्सको कारागारमा रहेको देखियो उनले भने यो सन्जाल ठुलो छ कि भन्ने लागेको छ हामिले अनुसन्धान गरिरहेका छौ । ‘अहिले हामीले गर्नुपर्ने प्रारम्भिक अध्ययनसहित फ्रान्सेली नागरिकलाई अध्यागमन विभागमा जिम्मा लगाएका छौं ।’
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भटराईले नक्कली पासपोर्ट प्रयोग गरी नेपाल प्रवेश गरेका फ्रेन्च नागरिकको विषयमा कानुनी अनुसन्धान भइरहेको जानकारी दिए ।
‘फ्रेन्च नागरिक हवाई माध्यमबाट नेपाल आएको देखिँदैन ।
उनी भारतीय नाकाबाटै आएको हुनुपर्छ, ‘महानिर्देशक भटराईले भने, ‘उनको आफ्नै पासपोर्ट आजसम्म भेटिएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’