
१ श्रावन २०७८, शुक्रवार
मलेसियामा एक नेपालीको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
जन्मघर दार्चुला दुुँहु गाउँपालिका भई हाल कैलाली धनगढिमा वसोवास गर्दे मलेसियामा लामो समयदेखि ब्यावसाय गरीरहेका जनक वम ठकुरीको कोराना सक्रमणको कारण मृत्यु भएको हो ।
केहि दिन अगाडि कोरोना पोजेटिभ देखिएपछि ठकुरीको क्वालालम्पुर जनरल अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थमा सुधार नआएपछि ५ दिन अगाडि देखि भेन्टिलेटरमा राखेर उपचार गराईरहेकोमा विहिवार अस्पतालले मृत घोषणा गरेको हो ।
मलेसियामा रहदा निकै मिलनसार ठकुरी सवैका निकै प्रिय थिए ।
नेपालीहरुको समस्यामा हरवखत खटने उनको स्वभाव थियो । उनको मृत्युले परिवारमात्रै नभएर मलेसियामा रहेका सवै नेपालीहरुले आफनो अभिभावक गुमाएको महसुस गरेका छन ।
गैर आवासिय नेपाली संघ मलेसियाका कार्यसमिति सदस्य,नेपाली जनसम्पर्क समिती मलेसियाका कोषाध्यक्ष, सुदुरपश्चिमेली नेपाली समाजका सल्लाहकार लगायत थुप्रै सघसंस्थामा रहेर सक्रिय भुमिका खेलीरहेका ठकुरीको निधनले निको धेरै क्षती गुमाउनु परेको छ ।
सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले शोक विज्ञप्ती जारी गर्दै उहाँको निधनमा गहिरो समवेदना ब्यक्त गरेका छन । समाजका अध्यक्ष राज वहादुर साउँद र सचिव आनन्द वहादुर साउदँले जारी गरेको शोक विज्ञप्तीमा जनक वमको दुखद निधनले परिवारलाई मात्रै नभएर सिगो समुदायको लागि अपुरणिय क्षती पुगेको उल्लेख गरिएको छ ।