३१ आषाढ २०७८, बिहिवार

पाल्पामा जारी लकडाउनलाई केही खुकुलो बनाउँदै साउन १० गते सम्मको लागि थप गरिएको छ ।

समितिको बैठकले यस अघि बन्द रहेको सार्वजनिक यातायातलाई जोर विजोर आधारमा जिल्ला भित्र संचालन गर्ने, सबै खालका व्यवसायहरु ५ बजेसम्म संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय  अनुसार सार्वजनिक यातायातहरु जोर विजोर आधारमा खुल्नेछन्, यस्तै व्यवसायहरु विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनेछन्, अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ ।

आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर