३१ आषाढ २०७८, बिहिवार

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

बैठकले जारी निषेधाज्ञा १० दिनसम्म थप्ने निर्णय गरेको छ।

योसंगै जारी निषेधाज्ञा साउन १० गतेसम्म लागू हुनेछ ।

त्यस्तै काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।

यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

त्यस्तै, अब सबै खालका पसलहरु साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

तर, अन्य आदेश र प्रावधानहरु भने साविककै कायम रहने बताइएको छ ।

यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर