
३१ आषाढ २०७८, बिहिवार
गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएका छन् ।
मोटरसाईकल सडक देखि तल खसेको छ भने जीप वाटोमै पल्टिएको छ ।