
३१ आषाढ २०७८, बिहिवार
संखुवासभामा धारिलो हतियार प्रहारबाट एक जनाका मृत्यु भएको छ ।
खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा बुधवार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।