पाँचथर, २०७७ भदौ ५ गते

    मिक्लाजुङ गाउँपालिका-२ सप्तमी बजार नजिक भञ्ज्याङ चोकबाट १ थान एकनाले भरुवा बन्दुक, २ थान खुकुरी र १ थान हँसिया सहित ईलाम फाकफोकथुम गाउँपालिका-२ जरिङ्गे बस्ने २३ वर्षीय टंक तामाङ समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले होहल्ला गर्दा स्थानीय मनिसहरु भेलाजम्मा भई सोधपुछ गर्दा उनीहरुको साथमा अबैध हातहतियार समेत फेला पारेपश्चात स्थानीय बासीहरुले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर