२७ आषाढ २०७८, आइतवार

अछाममा १ लाख बढी रकमसहित १२ जना जुवाडे पक्राउ परेका छन्। शनिबार राति जिल्लाको मंगलसेन नगरपालिकास्थित मंगलसेन बजारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनीहरुको साथबाट १ लाख ४ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले बताए।

उक्त विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार