२५ आषाढ २०७८, शुक्रवार
जग्गा सम्बन्धीे विवादका कारण गएराति रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ वस्तीपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाका अनुसार झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायतका घाइते भएका छन् । घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।झडपमा केही घर तोडफोड र आठवटा मोटरसाइकलमा आगजनी भएको छ । डिएसपी कोइरालाका अनुसार जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।
रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएकाले अहिले भने केहि शान्त देखिएको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर