
२१ आषाढ २०७८, सोमवार
चितवन जिल्लास्थित राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव भेटिएपछि पोस्टमार्टमका लागि भरतपुर अस्पताल लैजान खोज्दा स्थानीयवासीले अवरोध गरेका छन्।
प्रहरीले भण्डारीको शव अस्पताल लैजाने क्रममा स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती ३ झुरझुरेमा सडक अवरुद्ध गराएका हुन् । घटनाको छानविनको माग गर्दै राजमार्ग अवरुद्ध गराएका हुन्।
अहिले राजमार्ग क्षेत्र तनावग्रस्त छ । असार ११ गतेबाट सुजिता वेपत्ता थिएन्