१९ बैशाख २०७८

कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि  स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र  सिल गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै  सो क्षेत्रमा सिल गरिएको हो ।

कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु मृत्यु भएको थियो ।

गएको बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।

एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको हो ।

एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर