१८ बैशाख २०७८

कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गर्नुभएको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ ।

निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ ।

सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ ।

शुक्रबार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो ।

बैठकलगत्तै निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर