९ बैशाख २०७८, बिहिवार

प्रदेश २ को नाम  र राजधानीका लागि कुल  १३ वटा प्रस्ताव दर्ता गरिएको छ। जसमध्ये प्रदेश २ को नामका लागि ६ र राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता गरिएको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेशको नामका लागि मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्यमधेश प्रदेश दर्ता भएको हो।

त्यस्तै, राजधानीका लागि भने जनकपुरधामको पक्षमा ५ वटा र वीरगंजको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए।

सत्तारूढ दल जनता सामाजवादी पार्टी (जसपा) को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन्

त्यस्तै, नेकपा एमालेका प्रमोद कुमार यादवले जानकी, एमालेकै शारदा देवी थापाले जनक प्रदेश, नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले मध्यमधेश प्रदेश प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए।

मध्यमधेश प्रदेश प्रस्तावको समर्थन सांसदहरू शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेका छन्।

राजधानीको लागि राजेश्वर प्रसाद साह र सिंगासन साह कलवारले वीरगंजलाई राजधानीको रूपमा प्रस्ताव दर्ता गराएका छन् भने अन्यले जनकपुरधामलाई स्थायी राजधानीको रूपमा प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशसभा सचिवालयका सचिव यादवले प्रस्ताव दर्ता भए पनि निर्वाचनको समय अहिले नतोकिएको बताए।

‘भोलि बस्ने प्रदेश सभा बैठक प्रस्तावित नाम र राजधानीका प्रस्ताव टेबल गरिने छ, ‘प्रदेशसभा सचिवालयका सचिव यादवले  भने, ‘त्यसपछि संशोधनका लागि समय दिइनेछ।’

प्रदेश २ को प्रदेशसभा बैठक भोलि १ बजे आह्वान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर