९ बैशाख २०७८, बिहिवार

नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवीप्रसाद न्यौपानेको दुर्घटनामा परेर मृत्यु भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा रुख काट्दा ढलेको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले बताए ।

प्रहरी चौकी छौंडेबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । शव पोष्टमार्टमका लागी चरिकोट ल्याइने डिएसपी रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय