९बैशाख २०७८

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवले धरान उपमहानगरपालिका वडा नं. १३ को डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त लजको कोठामा युवतीलाई लगेर जबरजस्ती करणी गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले यादवलाई बुधबार पक्राउ गरेको हो।

धनकुटा जाने सडक किनारमा रहेको होटलमा उनी युवतीसँगै पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

अध्यक्ष यादवले काममा लगाइदिने होटलमा खाजा नास्ता गराएका थिए।

कोठामा पुगेपछि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएको थापाले बताए।

यादवलाई जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर हिरासत राखिएको थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर