१५ चैत्र २०७७

बागमती प्रदेश एमालेको संसदीय दलको बैठक बोलाइएको छ ।

दलका नेता डोरमणि पौडेलले चैत १८ गते दलको बैठक बोलाएका हुन् ।

सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ ।

करिब ४ महिना अघि तत्कालीन नेकपाको प्रचण्ड—माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

सो प्रस्तावमाथि छलफल हुन नसकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ ।

संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन ।

वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर