५चैत्र २०७७

काठमाडौं महानगरपालिका वडा नम्बर–३० का सचिवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ  ।

निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर पोखरेलले घुस मागेका थिए ।

आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट उनलाई पक्राउ गरेको हो । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर