२५ माघ २०७७, आइतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा जनसभा आयोजना गर्ने भएको छ ।

प्रदेश राजधानी विराटनगरमा आयोजना गरिने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको हो ।

काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव, प्रदेश कमिटीका सदस्य, प्रदेश सभा सांसदलगायतको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।

प्रदेश १ को विस्तारित बैठक बसेर फागुन ८ गतेको सभामा १ लाख ४६ हजार ६५६ जना उतार्ने निर्णय गरेका छौं, गौतमले भने केपी ओलीको साथमा छौं भन्ने मान्यता सभाबाट स्थापित गर्नेछौं । पछिल्लो समय ओली समूहले पनि शक्ति प्रदर्शन गरिरहेको छ । सो समूहले शुक्रबार राजधानीमा सभा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर