१७ माघ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले  चितवनमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै  प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका छन ।

‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’

प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘हिम्मत भए चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस्। नेकपाको झन्डामुनि चुनाव लड्दा जित्नका लागि मतपत्र च्यात्न आवश्यक छैन, जनताले चुनाव जिताउँछन्।’

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएको समेत बताए ।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर