३ माघ २०७७, शनिवार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले  बताए ।

गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।

बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार अपराधमा संलग्न बालवालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन ।

बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ ।

निगरानी कक्षमा राखुन्जेल हत्कडी लगाउन नपाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर