२६ पुस २०७७

बैतडी सदरमुकामस्थित गढी क्षेत्र माघ ४ गते सम्मको  लागि ‘सिल’ गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण एक स्थानीयवासीको मृत्यु भएपछि दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्र  सिल गर्ने निर्णय गरेको हो ।

 

नगरपालिकाको गढी क्षेत्रमा अहिले पनि सात जना सङ्क्रमित रहेकाले सङ्क्रमण नफैलियोस् भन्नका लागि गढी क्षेत्र सिल गरिएको नगर पालिका ले जनाएको छ ।

गढी क्षेत्र सिल भएसँगै आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न आग्रह गरिएको छ भने बजार तथा पसल बन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बैतडीमा अहिलेसम्म ६३६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने कोरोनाबाट दुईको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार