
१८ पुष २०७७
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ को जंगल क्षेत्रमा कारको ठक्करबाट बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।