
१६ पौष २०७७, बिहिवार
पत्रपत्रिका
अन्नपूर्णपोष्टवाट
रौतहट । अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन्। बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन्।
गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन्। ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन्। मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्यबाहेक उपचार हुन सकेको छैन। बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन्।
घरमा उनको स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो। पुनः उपचारका लागि त्यही अस्पताल लगियो। तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन्। घटना भएकै दिन अस्पताल पु¥याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ। मंगलबार पुनः अस्पताल पु¥याउँदा पनि वास्ता नगरेको गुनासो छ। धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए।
बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन। बालिका बोल्न डराउँछिन्। छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन्। बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन्। बलात्कारजस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ।