
१५ पौष २०७७, बुधवार
पश्चिम् नवलपरासीको सुनवलका युवाहरुको सक्रियतामा सुरु भएको सुनवल कपडा बैंक पुन: सुचारु भएको छ । कोरना सामान्य र जाडो बढे सङै सन्चालनमा आएको बैंकमा पुनः प्रयोग गर्न मिल्ने सफा कपडाहरु राखिएको छ । हामी सङ्ग भएका पुनः प्रयोग गर्न मिल्ने सफा कपडा पोल्न र नदि खोलामा फाल्न भन्दा कपडा बैंकमा राखियो भने आर्थिक रुपले कमजोर भएकाहरुलाई यो जाडो मौसममा न्यानो हुने कपडा बैंकका अभियन्ता सौरभ न्यौपानेले बताउनु भयो । कपडा बैंक २४ सै घन्टा खुल्ने भएकाले सहयोग गर्न इच्छुकले सहयोग गरिदिनु हुन सबै माझ हार्दिक अनुरोध गरेका छन् ।