
१५ पौष २०७७, बुधवार
जिल्ला समाज यू।के ९पाल्पाली भञ्याङ्ग, परिवार ० ले पाल्पामा पहिरो प्रभावितहरुलाई सहयोग गरेको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी पहिरोले ज्यान गुमाएका रिब्दीकोट ७ डबकाका हरी बहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका बिभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरिएको थियो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रबक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको उपस्थितिमा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
यसैगरी तिनाउँ गाउँपालिकाका १५ पहिरो प्रभाबित घर परिवारलाई १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा कार्यक्रमको आयोजना गरि प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिनुभयो ।
यस अघि पाल्पा जिल्ला समाज यूकेले बगनासकालीको खानीगाउँ र रम्भादेबी गाउँपालिकाको फोक्सिङकोटका पहिरो प्रभाबितहरुलाई समेत आर्थिक सहयोग गरेको थियो । यो वर्ष मात्रै पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका भुकम्प प्रभाबितहरुलाई ७ लाख १५ हजार आठ सय सहयोग गरेका थिए ।