१५ पौष २०७७, बुधवार

बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका-९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका-४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा  कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई  बैंक कान्तिपथ  शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर