१४ पौष २०७७, मंगलवार

जनताले दुई तिहाई मत दिएर जिताएको सरकारले राम्रो काम गर्न सकेन । सरकारलाई करेक्सन गरेर राम्रा काममा केन्द्रित गरौँ भन्दा उहाँहरु (केपी शर्मा ओली समूह) मान्नु भएन् । करेक्सन जाऔँ भन्दा उहाँहरु टुत्रिलएर जानु भयो । पार्टी केन्द्रमा विभाजन भएपछि त्यो वडा तहसम्म पुग्यो ।

https://amzn.to/4myfPN5

प्रदेश सरकार पनि जनताको अपेक्षाअनुसार चल्न सकेन । केन्द्रकै गतिमा गयो । प्रदेशका जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् । असाध्यै निस्कृय रह्यो । सरकारको नेतृत्व गर्नेसँग कुनै प्लान छैन । योजना पनि छैन ।

तीन वर्ष भयो अहिलेसम्म प्रदेशको नामाकारण गर्न सकेको छैन । नामका लागि कुनै ठोस पहल पनि भएको छैन । प्रदेशको आर्थिक अवस्था डामाडोल छ । अहिलेको नेतृत्वले लथालिङ्ग पारेर छाडेका कारण प्रदेशलाई गति दिन नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छौं ।

सबैको सहयोगमा सरकार

सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन । हिजो संसादहरुले जिताएर पठाउनु भएको थियो । तर सरकारसँग सांसदहरु असन्तुष्ट हुनुहुन्छ । यो सरकारले काम गर्न सकेन भन्दै मलाई डेढ वर्ष अघिदेखि मुख्यमन्त्रीका लागि अघि आउन साथीहरुले सल्लाह दिनुभएको थियो । तर मैले कति झिनाझम्टी गर्ने भनेर बोलिनँ । तीन वर्षसम्म त सहयोग गर्दै आएँ । तर सरकारले हामीले भनेको काम केही गरेन । अब यही सरकार रहिरहे भोलि जनतामा भोट माग्न जान गाह्रो पर्छ । फेरि पार्टी विभाजन गरेपछि त्यसै बस्न पनि भएन । पार्टीभित्र बहुमत सदस्य छन् । तर सर्वदलीय सरकार बनाउने उद्देश्यका साथ सबैसँग सहकार्य गरेर अघि बढ्छौँ ।

बहुमतका लागि चहिने ४७ जना सदस्य हामीसँग हुनुहुन्छ । अविश्वासको प्रस्ताव हतार–हतार गर्दा ३७ जनाको मात्र हस्ताक्षर भयो । पूर्व तयारी केही भएको थिएन । हतार–हतार गर्दा ३७ भयो । हामीसँग ४७ पुग्छ । तर हामी बहुमत पुर्‍याएर मात्र होइन । सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने दृष्टिकोण बनाएका छौँ ।

सरकारमा नेपाली काङ्ग्रेससहितका दलको साथ खोजेका छौँ । एउटा निश्चित मिसनका लागि उहाँहरुको सहयोग खोजेका हौँं । त्यो मिसन लोकतन्त्र रक्षाका लागि हो । नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टी तानातानमा पर्नु हुँदैन । हिजो हामीले सँगै लडेर बनाएको संविधानको रक्षाका लागि नेपाली काङ्ग्रेसले उचित निर्णय गर्नेछ ।

अहिलको अवस्थामा एक्ला एक्लै बहुमत पुर्‍याएर माथि जाने र सबै फेरि एकआपसमा जुध्ने गरेर समस्या सामधान हुँदैन ।

फोहोरको विरासतमा काम गर्नुपर्छ

प्रदेश १ अहिले प्रशासनिक र आर्थिक हिसाबले लथालिङ्ग अवस्थामा पुगेको छ । अब त्यो फोहोरको विरासतमा नयाँ सरकारले काम गर्नुपर्छ । फोहोरको विरासतलाई सफा गर्न समय लाग्ला तर हामीसँग प्रस्ट भिजन प्लान । त्यहीअनुसार काम गर्छाैँ ।

हिजो ४० भन्दा बढी कानुनको ड्राफ गरेको थिए । प्रदेशका टिम प्रयोग गरेर मास्टर प्लान पनि बनाएको छु । अहिलेको सरकारले काम गरेन । काम गर्न सकैको सहयोग पनि लिएन । मैले पनि पटक–पटक सहयोग गर्न भनेर सुझाव दिएँ तर सुनेनन् ।

सबै क्षेत्रलाई परिचालन गरेर काम गर्छाैँ । बुद्धिजीविको सल्लाह लिन्छौँ । एउटा राजनीतिज्ञले नेतृत्व गरेर सबै क्षेत्रलाई परिचालिन गर्न सक्नु पर्छ । म हामी सबैसँग सहकार्य गरेर प्रदेशको काम गर्छु । नयाँ सरकार बनेपछि गठन हुने मन्त्रीमण्डल छरितो हुनेछ । सबै क्षेत्रलाई समेटिनेछ ।

राजासँगको सल्लाहमा संसद् विघटन !

केन्द्र सरकार सही हिसाबले चल्न सकेन । काम राम्रो गर्न सकेन । सरकारको नेतृत्व गर्ने व्यक्तिले पार्टीभित्र सल्लाह नगर्ने प्रवृत्ति बढ्यो । यो प्रवृत्तिले भोलि जनतासम्म पुग्नका लागि गाह्रो बनाएको थियो । हाम्रो उद्देश्य सरकार सच्चियोस् भन्ने थियो । केपी ओलीलाई पाँच वर्ष सरकार चलाउनु भनेकै थियौँ । तर मेजर निर्णय पार्टीको सल्लाहमा होस भनेका थियौँ । तर उहाँले मान्नु भएन । बरु पार्टी विभाजन गर्नेतर्फ लाग्नु भयो ।

पार्टी विभाजनका लागि प्रतिनिधिसभा विघटन गर्नु भयो । व्यक्तिको इगो र महत्वकाङ्क्षाले सिङ्गो लोकतन्त्रमा ठूलो धक्का लागेको छ । आज लोकतन्त्रलाई धक्का लाग्दा खुसी हुने मान्छेहरु छन् । देश स्थीर नहोस् भन्ने मान्छे खुसी भएर लागेका छन् । सरकारको गलत कदमलाई अदालतले करेक्सन गरेर जानुपर्छ । करेक्सन गरेर जाने हो भने देशको ठूलो खड्को टर्छ ।

प्रधानमन्त्री ओलीको कदमले राजावादी÷प्रतिगामीहरुलाई बल पुगेको छ । मत के भन्छु भने केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको सरसल्लाहले यो सब घटना भएको हो । तर मेरो यो बुझाइ गलत होस् भन्ने चाहन्छु । सरकारले हिजो गरेका काम कारवाहीले गर्दा उनीहरुले टाउको उठाइरहेका थिए । तर अब सलबलाएका छन् ।

(प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री आचार्यसँग गरिएको कुराकानीमा आधारित)कोशि अनलाईनवाट

प्रतिक्रिया

सम्बन्धित खवर