१४ पौष २०७७, मंगलवार

उदयपुरमा  पछिल्लो समय प्रहरीले कडाईका साथ लागुऔषध कारोवारीलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्लामा नयाँ नयाँ बिधिबाट लागुऔषाध भित्राउने क्रम बढेको छ । सोमबार त्रियुगा नगरपालिका ६ लालपत्ता बाट नयाँ तरिकाबाट उदयपुरमा लागुऔषाध भित्राउँदै गरेको एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

लालपत्ता प्रहरीले चेकजाँचको क्रममा सिरहा नवराजपुर नगरपालिका ७ भगवतिपुर तामासुइयाका २४ वर्षिय युवक पवन चौधरीलाई ठुलो परिणामको लागुऔषाध पेट भित्र लुकाएर ल्याउने अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले थाहा नपाउने भन्दै पेटको भागमा प्लाष्टिकको टेपले बेरि पेटी बनाएर ल्याउँदै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताउनुभयो ।

उनको साथबाट नोर्फिन एम्पुल २३ ९थान०, प्रमेथाईजिन २३ थान र डाईजेल्याव २३ थान र २ थान मोवाईल बरामद भएको एसपी दाहालले जानकारी दिनुभयो । उनलाई विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ परेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर