१३ पौष २०७७, सोमवार

रामेछाप साँस्कृतिक कलाकार समाज गोकुलगंगा गाउँपालिका कार्य समिति गठन भएको छ ।

पालिका गठन संयोजक तिर्थविरक्त पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रमबाट रन्जु घिमिरेको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति छनौट गरेका छन् । कार्यसमितिको उपाध्यक्ष (गगन) उत्तर सुनुवार, महिला उपाध्यक्ष सावित्रा भुजेल, सचिव गोमा कार्की, सह सचिवमा विर बहादुर तामाङ, कोषाध्यक्ष मोहनलिला सुनुवार चयन भएका छन् । साथै अन्य कार्यसमिति सदस्यहरुमा देवी कार्की, कल्याणी बस्नेत, युवराज कार्की, इश्वरी दाहाल र अनिसा खाति निर्विरोध चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले रामेछाप साँस्कृतिक कलाकार समाज प्रति सदैब साथ सहयोग रहने बताउनु भएका छ । नयाँ कार्यसमिति पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ खुवाउनु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर