१२ पौष २०७७, आइतवार

धादिङ जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आठ विधामा सञ्चालित प्रतियोगितामा २० समूह र १२ व्यक्ति पुरस्कृत भएका छन् ।

पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका युगलतर्फ तिनेश तिमल्सिना र रमेश कोइराला प्रथम भएका छन् । पैँतालीस वर्षमाथिको भेट्रान्समा गणेशकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ तथा अफिसर्स युगलमा भीमप्रसाद ढुङ्गाना र दुर्गा शाही प्रथम भएका छन् ।

भेट्रान्स खुलातर्फ राजेन्द्र अधिकारी र सबिन तामाङ प्रथम भएका छन् । जिल्लास्तरीय महिला सिङ्गलमा बबिता पुरी, पुरुष सिङ्गलमा सबिन तामाङ र १९ वर्षमुनि पुरुषतर्फ शलिन गुरुङ प्रथम भएको आयोजक समितिका राजकुमार श्रेष्ठले जानकारी दिए । मेयरकप ब्याडमिन्टन प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गाना आफैँले खेल खेलेर पुरस्कृत भएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर