९ पौष २०७७, बिहिवार

नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका २ गैंडाखोला जमुनेबाँधमा जेसिबीले खन्दै गर्दा घरमाथी खसेको ढुंगा लागेर एक महिने बालकको मृत्यु भएको छ ।

हुप्सेकोटको जमुनेबाँध स्थित शोभा परियारको घडेरीमा खन्दै गरेको लु १ क ४२२३ नम्बरको जेसिबीले ढुंगा पल्टाउने क्रममा ५० मिटर तल रहेको पहल सिंह परियारको घरमाथी ढुंगा परेको थियो ।

ढुंगाले घरको गाह्रो भत्कन गई कोठा भित्र रहेका १ महिने बालक रेमन परियारको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

पहल सिंह परियारकी बुहारी २२ वर्षकी ज्योती परियारले सो बेला घरभित्र आफ्नै १ महिनाको छोरा रेमनलाई तेलले सेक्दै गर्दा ढुंगाले लागेको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर