९ पौष २०७७, बिहिवार

विहान करीव दश वजे तिर धनकुटा बजारको जिरो प्वाईन्टमा  बसले किच्दा ४५ बर्षिया महिलाको मृत्यु भएको छ । धरानबाट तेह्रथुम जादैगरेको को १ ख ४०७४ नं. को बसले किच्दा धरान नगरपालिका ९ बेलहाराकी बर्ष ४५ की गुना राईको घटना स्थलमा नै  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसबाट ओर्लेकी उनलाई सोहि बसको पछाडिको टायरले किचेको थियो ।

घटना पछि चालक र बसलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर