९ पौष २०७७, बिहिवार

अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे–खुदुनावारी सडक अलपत्र परेको छ । निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो । सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्बसाधारणले सास्ती ब्यहोरिरहेका छन् ।

https://amzn.to/4myfPN5

भौतिक पुर्वाधार विकास कार्यालयको ९ करोड रुपैंयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा जेभी सडक निर्माणको ठेक्का पाएको थियो । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएपनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो ।
समयमा काम सक्न दवाव आएपछि ठेकेदार संस्थाले सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनिका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए ।

सडक निर्माणको सम्झौता सकिएको ६ महिना बितेपनि काम भने ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अन्तरगर्तको सो सडक स्तरोन्नतिको ठेक्का करीब ९ करोडमा ठेक्का लागेको थियो । झापा आन्दोलनका योद्धाको सहादतस्थल सुखानी पार्क हुँदै इलाम जोडिने यो सडक वर्षौदेखि हिउँदमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे छ ।

जनप्रतिनिधिले उक्त सडक निमार्णकालागि चासो नदेखाएको स्थानीयको दुःखेसो छ । तर, समयमा सडक नबन्दा स्थानीय सरकार प्रति सर्वसाधारणको आक्रोश बढेको छ ।

स्थानीयले समय सम्झौता भित्रै सडक निर्माण गरिनु पर्ने र धुलोका कारण सास्ती बेर्होनु परेको भन्दै लामो समयदेखि पटक पटक सडक बन्द गरे पनि सुनवाइ भएको छैन । दक्षिणी इलामलाई झापासँग जोड्ने बैकल्पिक यो सडक समयमा नै निमार्ण हुन सके जिल्लाबासीलाई सहजता पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर