तिनाउ –६ डुम्रे पानीमिलको तानसेन खोलामा बन्न लागेको सडक पुलको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिलान्यास गर्नुभयो ।त्यस्तै, रिब्दिकोट –५ कुसुमखोलामा बन्न लागेको ‘कुसुम चकल्दी खोला सडक पुल’को संघीय सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको हो ।

यी दुवै सडक पुल राष्ट्रिय पुनःर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाईको ४/४ करोडको लागतमा बन्न लागेका हुन् ।

डुम्रे चकल्दी–कुसुमखोला सडकको लागि १४ करोड ९० लाख र दुई वटा पक्की पुलको लागि ८ करोड बजेट राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट बिनियोजन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर