ओलीमण्डलीलाई हेक्का होस्-प्रचण्ड राजनेता हुन्,

जनता सुनिरहने, प्रधानमन्त्री मीठो बोल्दै रिबन काटिरहने भद्दा औपचारिकताको क्रमभंगता भएको छ ।

हजार सपनाहरुको उधारो सरकारी व्यापारमा संविधान कार्यान्वयनका लागि गृहकार्य गर्न निरन्तर खेर फालिँदै गरेको अमूल्य समय थप खेर नफाल्ने युगवोध हो यो । वाम एकताका नाममा मण्डले र कुण्डलेहरुले खाँटी गणतन्त्रवादीहरुलाई लोकतन्त्रको जोक पण्डित्याइँ गर्ने पाखण्ड शासनको पतन हो यो । सुन्दर मुहार र मुस्कानभित्र लुप्त कुटिल नयाँ महाराजा शैलीको बदलाभावी सत्ताकोे अन्त्य हो यो ।

मधेस आन्दोलनलाई सडकमै सुताइदिएर सिके राउत र विप्लवहरुलाई उर्वर जन र भूमि व्यवस्था गरिदिने शासकीय भूलको अल्पविराम हो यो ! असन्तुलित बिदेश नीति एवम् असंवैधानिक संसद बिघटन पछिपनि पनि सरकारप्रति नरम बनेका जनताको मौन धैर्यताप्रति सत्ताले गरेको निरन्तर उपहासको प्रतिरोध हो यो । आफ्नो कुटनीतिक चार्तुय क्षमताको कमजोरी लुकाउन छिमेकीलाई सत्तोसराप गरेर पानीमाथिको ओभानो हुने छदम राष्ट्रवादको मुकुण्डो उघि्रएको घडी हो यो । र, वाम साझेदारीको ब्यानरमुनिका खञ्चुवाहरुले प्रजातन्त्रिक र गैर-प्रजातान्त्रिक कित्तामा ल्याइरहेको निरन्तर राजनीतिक विभेदको समाप्ति पनि हो यो ।

यस्तै यस्तै मानेमा माओवादीले प्रधानमन्त्री केपी ओलीको १८ दलीय सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्त्ता लिएको असार २८ को दिन धमिलिएको राजनीति संग्लो पार्ने एक शुभ घडी हो । यो संविधान कार्यान्यनको सुनिश्चितताको प्रस्थान विन्दु हो, जनताप्रति उत्तरदायी हुने नयाँ सरकारको खोजी हो । कुरै कुरामा सत्ताको मातमा रमाउनेहरुका लागि यो प्रहार भए पनि आन्दोलित मधेस सत्ता र संविधानको अंशियार बन्ने थालनी हो । र, यी सबै ढोका खोल्न राजनीतिक जुवाको जोखिम मोल्ने माओवादी प्रचण्ड संक्रमणकालीन राजनीतिक निकासका लागि पुन उदाएका एक राजनेता नै हुन् ।

प्रचण्डले आउँदा दिनमा यस्तै छलाङ मार्न सके भने गणतन्त्रका दिन थप उज्याला हुँदा उनलाई सिंहदरबारको बास निश्चित हुनेछ । अन्यथा फेरि पनि उनलाई यो चप्परी मुनिको बास भनेझैं हेगको यात्रा हुने पक्का छ खुकुरीको धारमाथि टेकेर राजनेताको भूमिकामा देशको व्यवस्था र जनताको अवस्थामा तात्विक सुधार र परिवर्तनको जोखिम मोल्ने प्रचण्डले आउँदा दिनमा यस्तै छलाङ मार्न सके भने गणतन्त्रका दिन थप उज्याला हुँदा उनलाई सिंहदरबारको बास निश्चित हुनेछ । अन्यथा फेरि पनि उनलाई यो चप्परी मुनिको बास भनेझैं हेगको यात्रा हुने पक्का छ । त्यसैले ओलीको पतन, प्रचण्डको वेइमानी वा नयाँ मुसे राजनीतिको उदय हैन, नयाँ सहमतीय राजनीतिको पुनःथालनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर