नेकपा एमालेले बुटवल उपमहानगरको मेयर तथा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएको छ । बाजागाजा र दलबलसहित बुटवलको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवी दर्ता गराएको हो ।

पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहित निर्वाचन कार्यालयमा पुगेको टोलीमा मेयरका लागि बाबुराम भट्टराई र उप मेयरका लागि साबित्रा अर्यालले  उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उप मेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगमा पुगेको थियो । उम्मेदवारी दर्ता गराउनु अघि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै मेयरका उम्मेद्वार भट्टराईले समृद्ध बुटवल खुसी जनताको संकल्प पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर